८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अब घण्टौँ लाइन बसेर गुणस्तरहीन औषधि बोकेर फर्किनु पर्दैन : स्वास्थ्यमन्त्री




झापा–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पालिका तहमा रहेका अस्पताललाई थप सुविधा सम्पन्न बनाउने बताएका छन् ।

कनकाईको जामुनखाडीमा सोमवार सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौँ विस्तारित भेलामा मन्त्री गिरीले स्वास्थ्य संस्थालाई भरपर्दाे बनाउन लागिएको बताएका हुन् ।

मन्त्री गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउँदै प्रादेशिक तहमा पनि अस्पताल बनाइने बताए ।

सातवटै प्रदेशमा अत्याधुनिक अस्पताल बनाउने र नागरिकलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा सरकार छ’, मन्त्री गिरीले भने ।

‘स्वास्थ्य बीमाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला मन्त्री गिरीले यसलाई सुधार गर्दै जनमुखी बनाइने पनि बताए । स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता अन्त्य गरेर छोड्ने मन्त्री गिरीको दृढता छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ००:००  ४ : १० बजे