६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

चुनावका दिन आन्तरिक उठान ठप्प



झापा– आगामी वैशाख ३० गते शुक्रबार कुनै पनि उडान नहुने भएका छन् ।

बुद्ध एयरलाइन्सका सूचना अधिकारी दिपेन्द्र कर्णले वैशाख ३० गते स्थानीय तह निर्वाचनका दिन कम्पनीका कुनै पनि उडान नहुने जानकारी दिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने सो दिन विमानस्थल खुल्लै रहने बताए ।

‘सरकारले गाडी चल्न नदिने भएपछि उडान कम हुन्छन्,’ सिटौलाले भने, ‘अन्तर्राष्ट्रिय उडान भने नियमित चल्छन् ।’

अन्तर्राष्ट्रिय उडानको लागि यात्रुलाई विमानस्थलमा पुर्याउन पर्यटन बोर्डले सहजीकरण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

उनले ३० गते निर्वाचनको लागि जहाज नै उडाउनुपर्ने भएकाले प्यासेन्जर प्लेन नचले पनि अत्यावश्यक उडान हुने जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  १२ : ४० बजे