- सरकारले फेरि बढायो सार्वजनिक यातायात भाडा, तीन हप्तामै दोस्रो पटक समायोजन
- संसद् रोक्दै अध्यादेशको बाटो रोजेपछि सरकारमाथि प्रश्न
- सरकारी विज्ञापनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई महासंघको आग्रह
- झापामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत क्षेत्रीय अभिमुखीकरण
- काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक घटे
झापा– नेपालको बिजुली खरिद गर्ने प्रतिबद्धता भारतले जनाएको छ । वर्षायाममा खेर जाने बिजुली भारत निर्यातका लागि सैद्धान्तिक सहमति भएको हो ।
बिहीबार सकिएको नेपाल–भारत सचिवस्तरीय संयुक्त सञ्चालन समितिको नवौं बैठकमा भारतले अन्तरदेशीय विद्युत् व्यापारको प्रचलित नियमअनुसार नेपालको प्रस्ताव चाँडो स्वीकृति गर्ने जनाएको छ ।
गएको बर्खामा दैनिक ६ सय मेगावाटसम्म बिजुली खेर गएको थियो । उक्त समयको बिजुली किनिदिन भारतलाई आग्रह गरिएको हो । हाल ३९ मेगावाट बिजुली मात्रै भारत निर्यात भइरहेको छ ।
















