- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
- राजमार्ग विस्तारले खानेपानी आपूर्तिमा समस्या : सेवा सुधारमा बिर्तामोड खानेपानी प्रतिबद्ध
- मापसे गरेर चलाएको मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु
झापा–वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको हो ।
व्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले मंगलवार बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको बताए । ‘विभागसँगको समन्वयमा टोलीले काम गर्छ’, उनले भने, ‘यसपछि ठगीका घटनामा कमी आउने आशा राखेका छौँ ।’
केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । यसलाई समेत टोलीले निगरानी गर्नेछ । टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्ने सम्मको अधिकार दिइएको भमलाले बताए ।
वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिनसक्ने व्यवस्था छ । सोही अनुसार गृह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा व्यूरोबाट प्रहरी टोली पठाइएको हो ।


















