- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा–वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको हो ।
व्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले मंगलवार बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको बताए । ‘विभागसँगको समन्वयमा टोलीले काम गर्छ’, उनले भने, ‘यसपछि ठगीका घटनामा कमी आउने आशा राखेका छौँ ।’
केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । यसलाई समेत टोलीले निगरानी गर्नेछ । टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्ने सम्मको अधिकार दिइएको भमलाले बताए ।
वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिनसक्ने व्यवस्था छ । सोही अनुसार गृह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा व्यूरोबाट प्रहरी टोली पठाइएको हो ।