- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
बिर्तामाेड– झापा बिर्तामोडको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा सदस्यहरूको आकर्षण बढ्दै गएको छ । पछिल्ला वर्षमा सदस्य हुनेको संख्या थपिँदै गएको हो ।
संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ३४ जना शेयर सदस्यबाट सुरु भएको सहकारी संस्थामा पहिलो साधारण सभामा ४४ जना शेयर सदस्य सहभागी भएका थिए ।
संस्थाका सचिव दीपेश धौरालीका अनुसार कोरोना संक्रमणका बाबजुद पनि गत आर्थिक वर्षमा संस्थामा ११ सयभन्दा बढी नयाँ सदस्य थपिएका छन् ।
गत असार मसान्त सम्मको तथ्यांकअनुसार शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा सदस्य हुनेको संख्या ३८०० नाघेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सदस्यको संख्या ४१ सय भन्दा माथि छ ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपानेका अनुसार संस्थाको शेयर पूँजी तीन कराेड पुगेको छ । असार मसान्तमा सहकारीको शेयर पूँजी दुई करोड ७० लाख रुपैयाँ थियो ।
संस्थाले बिर्तामोड-२ मा खरिद गरेको १० कट्ठा जग्गामा भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढाउने तयारी गरे पनि कोरोना सङ्क्रमणका कारण तत्काल उक्त कार्य रोकिएको सञ्चालक सदस्य हेमराज मिश्रले जानकारी दिए ।


















