विराटनगर– उच्च अदालत विराटनगरको गेटमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ। काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह १२ बजेतिर खुकुरी हानिएको हो।
उनी आइतबार बिहान मात्रै विराटनगर आइपुगेका हुन्। मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाको लगानी छ। विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको लफर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
- व्यवसायी सुवेदीद्वारा वाणिज्य संघको राहत कोषमा १ लाख १५ हजार सहयोग
- ‘बिर्तामोडको एमाले राजनीतिमा खम्बा थिए ज्ञानुराम’
- झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- श्रीमान् अर्की युवतीको कोठामा गएको विषयमा कुटपिट, महिलाको मृत्यु, ६ जना पक्राउ
- जन्मदिनको खर्च कटाएर अक्षय कोषलाई सहयोग
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको विराट नर्सिङ होममा उपचार भइरहेको श्रेष्ठले बताए।
खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए। घटना छुट्याउँदा उनको शरीर र कपडा भरी रगत लागेको छ।