विराटनगर– उच्च अदालत विराटनगरको गेटमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ। काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह १२ बजेतिर खुकुरी हानिएको हो।
उनी आइतबार बिहान मात्रै विराटनगर आइपुगेका हुन्। मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाको लगानी छ। विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको लफर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको विराट नर्सिङ होममा उपचार भइरहेको श्रेष्ठले बताए।
खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए। घटना छुट्याउँदा उनको शरीर र कपडा भरी रगत लागेको छ।
















