२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

कोरोनामा बालबालिकालाई सहयोग गर्न ७० लाखको परियोजना




इलाम–कोभिड–१९ का कारण बालबालिकालाई परेको असर न्यूनीकरणका लागि ३० स्थानीय तहमा विपद् सहयोग परियोजना सुरु भएको छ । किण्डर मिसनरेक जर्मनीको आर्थिक सहयोगमा मानव अधिकार मञ्च नेपाल मार्फत एक वर्षका लागि परियोजना सुरु भएको हो ।

नेपालमा कोभिडको तेस्रो भेरिएन्टको जोखिम भएको र तेस्रो भेरियन्टको बालबालिकामा बढी जोखिम हुने भएकाले बालबालिका लक्षित परियोजना सुरु भएको छ ।

परियोजनामार्फत कोभिड र हिंसाका कारण जोखिममा परेका बालबालिकाको आपतकालीन उद्धार, मनोविमर्श सेवा दिने र संरक्षणमा सहयोग गर्ने, पारिवारिक पुर्नमिलन, पुनर्स्थापना तथा समन्वय र सहजीकरण हुने छ ।

स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितता गर्ने र कोभिड१९ जोखिमको बेला संस्थाको आपतकालिन सेवालाई प्रवद्र्धन र सेवा प्रवाह गर्ने मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा बताउँछन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ००:००  ११ : २६ बजे

August 2021
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031