झापा– गैरसरकारी सामाजिक संस्था क्लिन झापाले नवौं साधारणसभा गरेको छ । झापाको भद्रपुर–७ लेखनाथ चोकस्थित कार्यालय परिसरमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै साधारणसभा भएको हो ।
संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको सञ्चालन संस्थाका सचिव एवम् झापाका सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले गरेका थिए भने उपाध्यक्ष सन्तोष न्यौपानेले स्वागत गरेका थिए ।
कोषाध्यक्ष विजय भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लिन झापाले भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा फोहोरजन्य पानीबाट समुदायमा उत्पन्न हुने जटिल परिस्थिति, फोहोर व्यवस्थापन र सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेका अध्यक्ष उपाध्यायले बताइन् ।
साधारणसभामा बाबुराम पराजुली, ऋषि चापागाईं, बाबुराम कार्की, विशाल अधिकारीलगायतले वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धनमा क्लिन झापाले आगामी दिनमा गर्नसक्ने थप कामहरुका बारे सुझाव राखेका थिए ।