१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

आचार्यले लिए मुख्यमन्त्रीको सपथ



झापा- नेकपा एमाले भित्रको आन्तरिक विवाद निरुपण भएसँगै प्रदेश १ को मुख्यमन्त्रीका रूपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् । अहिले केहीबेर अघि नेता आचार्यले मुख्यमन्त्रीको सपथ लिएका हुन् ।

यसअघि बसेको एमाले संसदीय दलको बैठकले नेता आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो । राजनीतिक भागबन्डा मिलाउन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्यको बाटो खुलेको हो ।

एमाले विभाजन भएर नेकपा समाजवादी भएपछि मुख्यमन्त्रीको सपथ लिएका नेता आचार्यको पदीय स्थायित्व भने बलियो बनिसकेको छैन् । संसदमा उनले विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्नेमा अझै धेरै आशंका बाँकी छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार ००:००  १ : ०६ बजे