१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

वागमती प्रदेश प्रमुखबाट हटाइए विष्णु प्रसाई



झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र विष्णु प्रसाई बागमती प्रदेशको प्रमुखबाट हटाइएका छन् । एमाले विभाजन भएकै भोलिपल्ट सरकारले प्रसाईंलाई प्रदेश प्रमुखको जिम्मेवारीबाट हटाएको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले माधव नेपाललाई सत्ता साझेदारीमा जिम्मेवारी दिँदै बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । नेपाल प्रधानमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रसाईंलाई हटाएर उनको ठाउँमा शर्मालाई नियुक्त गरेको हो । झापाको धाइजन स्थायी घर भएका प्रसाई एमालेका प्रभावशाली नेता हुन् । अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहँदा नेता प्रसाईंलाई बागमती प्रदेश प्रमुखको जिम्मेवारी दिएका थिए ।

झापाका पुराना नेता प्रसाई मेचीनगर नगरपालिकाको प्रमुखमा पराजित भएपछि उनको व्यवस्थापनका विषयमा पार्टी पंक्तिमा पटक-पटक कुरा उठेको थियो । नेता प्रसाई २०५४ सालमा जिल्ला विकास समिति झापाको उपसभापति भएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार ००:००  ७ : १४ बजे