१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

मुख्यमन्त्री दाबी गर्न २४ घण्टाको समय



झापा– लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले २४ घण्टाभित्र नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले आज विज्ञप्ति जारी गर्दै भोलि ३ बजेसम्म समय दिनु भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्रीका लागि आव्हान गरिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्न सक्ने स्थिति लुम्बिनी प्रदेशमा छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  १ : ११ बजे