झापा– भ्रष्टाचार र आपराधिक गतिविधिमा संलग्नता पुष्टि भएका १९३ प्रहरीको जागिर गएको छ । उनीहरूमध्ये २७ जनालाई सेवाबाट बर्खास्त गरिएको हो भने १६६ जनालाई नाेकरीबाटै हटाइएको छ । पछिल्लो एक वर्षमा उनीहरूमाथि कारबाही गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो एक वर्षमा १९८२ जना प्रहरी कारबाहीमा परेका छन् । १५०५ जना प्रहरीलाई कारवाही स्वरुप नसियत दिइएको छ । गत आर्थिक वर्षमा ७०३ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा धेरैजसो हवल्दार छन् ।