१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

सदस्यता छानविनमा पौडेल पक्षको असहमति



झापा– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा रामचन्द्र पौडेल समूहले असहमति जनाएको छ । मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा रामशरण महत र बलबहादुर केसीको बैठकले असहमति जनाएको हो ।

रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा असहमति जनाउँदै केसीले नयाँ मापदण्ड बनाएर छानविन गर्नु पर्ने बताउनु भयो । ‘तलबाट सर्वसम्मत रुपमा आएको नाम यथावत राख्नुपर्छ, विवादितको हकमा नयाँ मापदण्ड बनाएर छानविन गर्नुपर्छ,’ उहाँले भन्नुभयो । छानविन समितिले टुंग्याउन नसकेका १३ निर्वाचन क्षेत्रको हकमा के गर्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गर्दैछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार ००:००  १ : ०४ बजे