- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
बिर्तामोड–राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा–१ का अध्यक्ष नरेन्द्र अधिकारीको दुर्घटनामा आज साँझ मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अधिकारीको दुई दिनदेखि बीएण्डसी टिचिङ अस्पतालमा उपचार भइरहेको थियो ।
ट्रिपरको ठक्करबाट दुई दिनअघि घाइते भएका अधिकारीलाई बचाउने चिकित्सकीय प्रयास असफल भएको हो । राप्रपा झापाको साँस्कृतिक बिभागका प्रमुख समेत रहेका अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जिल्ला अध्यक्ष केशव ओझाले बताए ।
भाषा, कला, साहित्य संस्कृति प्रवर्दन समिति, अर्जुनधारा–१ का संयोजक समेत रहेका अधिकारी शालिन र मिलनसार स्वभावका थिए ।


















