२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

शिक्षा सहकारीको उत्कृष्ट कर्मचारीका रूपमा पौडेल पुरस्कृत



बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारीका रूपमा रीता पौडेललाई पुरस्कृत गरेको छ । संस्थाको १४ औँ वार्षिक साधारणसभाअन्तर्गत बिर्तामोडमा आयोजित कार्यक्रममा धुलावारीमा कार्यरत पौडेललाई उत्कृष्ट कर्मचारी घोषित गरिएको हो ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपाने र व्यवस्थापक तीर्थराज तिम्सिनाले पौडेललाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे । संस्थाले कर्मचारीको कार्यसम्पादनका आधारमा हरेक वर्ष उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको जनाएको छ ।

व्यवस्थापक तिम्सिनाले पुरस्कारले कर्मचारीबीच प्रतिस्पर्धी क्षमता बढाउनुका साथै थप रचनात्मक र प्रभावकारी रूपमा काम गर्न प्रोत्साहन गर्ने बताए ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार ००:००  ११ : ४५ बजे