३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु



हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु

झापा-झापाको मेचीनगर नगरपालिका–४ मा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान घरबाट बाहिर निस्कने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा ६२ वर्षीया पद्मा पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हात्तीले कुल्चिएर पौडेलको ज्यान लिएको हो। घटनापछि बाउन्डाँगीबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।

घटनाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बाट प्रहरी निरीक्षक बरेन्द्र कोइरालाको नेतृत्वमा थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार ००:००  ८ : ५२ बजे