६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु



नेपालगन्ज– बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले शुक्रबार बिहान गुलरिया नगरपालिका–७ तुलापुरमा पैदल हिँडिरहेका गुलरिया-५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार योग शिविरमा जाँदै गरेका बेला तीव्रगतिमा रहेको एम्बुलेन्सले उनीहरूलाई ठक्कर दिएको हो। मृत्यु भएका लामिछाने योग प्रशिक्षकसमेत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र स्थानीय ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।

प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार ००:००  २ : ५१ बजे