बिर्तामोड– भद्रपुर नगरपालिका-१ का रमेश परियारको उपचारका क्रममा मृत्यु भएको छ । ३५ वर्षीय परियारको बिएण्डसी अस्पतालमा उपचारका क्रममा सोमबारराति मृत्यु भएको हो ।
राँगाको खुट्टा ग्रेडर मेसिनले काट्ने क्रममा अचानक आफ्नै बायाँ खुट्टा काटिएर परियार घाइते भएका थिए । लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा उच्च रक्तचाप भएका कारण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।


















