१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

गरामनी क्याम्पसको क्षतिग्रस्त भवन बनाउन आदर्श र लिङ्कन मन्टेश्वरीकाे अग्रसरता



बिर्तामोड-झापाको गरामनी क्याम्पसको क्षतिग्रस्त भवन निर्माणका लागि आदर्श स्कूल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले अग्रसरता लिएका छन् ।

जेनजी आन्दोलनका क्रममा गरामनी क्याम्पसको भवनमा आगो लगाइएको थियो । आगजनीबाट भवन क्षतिग्रस्त भएको छ । फर्निचर जलाइएका छन् ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आफूहरूले अग्रसरता लिने निर्णय गरेको आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक सञ्जोग खरेलले बताए ।

क्याम्पसको पठनपाठनलाई पुरानै अवस्थामा फर्काउने गरी यी दुई निजी शैक्षिक संस्थाले अग्रसरता लिएपछि त्यसमा अरु संस्थाहरू पनि जोडिन थालेका छन् ।

लिङ्कन मण्टेश्वरी सञ्चालक सराेज पाैडेलले याे अभियानमा अरु निजी शैक्षिक संस्था जोडिने क्रम सुरु भएको बताए । अभियानमा न्युटन्स एजुकेसन फाउन्डेसन, गाेमेन्द्र बिर्तामोड स्कूल र निदि स्कूल पनि जाेडिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार ००:००  १ : ०४ बजे