काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न वीर अस्पतालस्थित ट्रमा सेन्टरको भ्रमण गरी ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन् । सो अवसरमा ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले प्रधानमन्त्रीलाई घाइतेहरूको उपचार अवस्थाबारे जानकारी गराएका थिए ।
डा. रिजालका अनुसार, हाल ट्रमा सेन्टरमा ३६ जना घाइते भर्ना भएका छन्, जसमध्ये ६ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले दुई जना घाइतेको अवस्था गम्भीर रहेको र केही बिरामीहरूलाई शल्यक्रिया आवश्यक परे पनि गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न सम्भव नभएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन ।
प्रधानमन्त्रीको यो भ्रमणले घाइतेहरूको मनोबल उच्च बनाउनुका साथै सरकार घाइतेहरूको उपचारप्रति गम्भीर रहेको सन्देश दिएको छ ।