१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

कृषिमन्त्री अधिकारीले दिए राजीनामा



काठमाडौँ-कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् । सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री अधिकारीले राजीनामा घोषणा गरेका हुन् ।

जेनजी युवाको आन्दोलनमा सोमबार सरकारले दमन गरेको थियो । प्रहरी दमनका कारण १९ युवाले ज्यान गुमाएका छन् । घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेका छन् ।

‘पदीय जिम्मेवारीमा टाँसिरहन अपराधबोध भएकाले देश र जनता समक्ष नैतिक रुपमा क्षमायाचना गर्दै सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनता समक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु’, उनले भनेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार ००:००  १० : ०९ बजे