१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

बिर्तामोडमा नेपाल वितरक महासंघको साधारण सभा



बिर्तामोड-नेपाल वितरक महासंघ कोशी प्रदेशको दोस्रो वार्षिक साधारण सभा भदौ १३ र १४ गते झापाको बिर्तामोडमा आयोजना हुने भएको छ । मेची डिस्ट्रिब्युटर्स एसोसिएसनको आतिथ्यतामा हुने उक्त कार्यक्रमका लागि सुरेशकुमार अग्रवाल भद्रपुरेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

कार्यक्रमको पहिलो दिन उत्पादक र वितरकबीच अन्तरक्रिया गरिनेछ । मेची डिस्ट्रिब्युटर्स एसोसिएसनमा ७५ वटा डिलरहरू आबद्ध रहेका छन् । कार्यक्रममा कोशी प्रदेशभरिका करिब २०० जना वितरकको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार ००:००  १२ : ०६ बजे