२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कनकाईमा नगरवासीको निधन हुँदा मृत्यु संस्कारमा ५ हजार



बिर्तामोड-झापाको कनकाई नगरपालिकाले नगरवासीको निधन हुँदा मृत्यु संस्कार राहतबापत पाँच हजार रूपैयाँ प्रदान गर्ने भएको छ ।

नगर प्रमुख राजेन्द्र पोखरेलले चालु आर्थिक वर्षदेखि मृतकका परिवारमा समवेदनासहित नगद पाँच हजार रूपैयाँ प्रदान गरिने बताउनु भयो ।

कनकाई यसै आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरेको हो । नगरपालिका अभिभावककीय संस्था भएकाले यो कार्यक्रम सुरु गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार ००:००  ८ : ५७ बजे