बुद्धशान्ति-झापाको बुद्धशान्ति गाउँपालिकाबाट बरामद गरिएको अवैध काठको विषयमा जिल्ला वन कार्यालयले औपचारिक अनुसन्धान सुरु गरेको छ ।
साउन १६ गते राति प्रहरीले ४५ क्युबिक फिट चिलाउने र सिमलको अवैध गोलिया काठ, एक ट्र्याक्टर र चालक रन्जित राजबंशीलाई नियन्त्रणमा लिएको थियो।
वन कार्यालयले प्रारम्भिक अनुसन्धान सकेर अब चालकविरुद्ध राष्ट्रिय वन ऐनअनुसार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । चालकले बयानमा काठको स्रोतबारे स्पष्ट जानकारी नदिएको बताइएको छ ।
वन कार्यालयले काठ र ट्र्याक्टर जफत गर्ने प्रक्रिया पनि अगाडि बढाउने जनाएको छ । यो घटनाले बुद्धशान्तिका भित्री सडक काठ तस्करीका लागि प्रयोग हुने गरेको स्थानीयको आशंकालाई बल पुर्याएको छ।



















