बिर्तामोड-बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणाधीन काँकडभिट्टा–लौकही सडक योजनाको बिर्तामोड बजार खण्डको निर्माण कार्य छिटो सक्न आग्रह गर्नु भएको छ।
सडक आयोजनाले आयोजना गरेको यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उहाँले निर्माणमा कुनै समस्या आए नगरपालिका सहजीकरण गर्न तयार रहेको तर काममा ढिलाइ गर्न नहुने बताउनु भयो ।
नगर प्रमुख प्रसाईले बिर्तामोडमा डुबानको जोखिम रहेकाले सडकको दुवैतर्फ समानान्तर नाला (ड्रेन) बनाउन र वाइपास सडकमा पनि ध्यान दिन सुझाव दिनुभयो ।
उहाँले यौन रोग र मानव बेचबिखनजस्ता विषयमा सचेतना आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो ।



















