२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु



बुटवल-रुपन्देहीको सियारी गाउँपालिका-७, भर्थापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६० वर्षीय बुबा राममिलन धवल रहेका छन् भने उनका छोरा विनोद धवल गम्भीर घाइते भएका छन् । छोरा विनोदले चलाएको ना६प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बुबा राममिलनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र घाइते मायादेवी गाउँपालिका-७, गर्गटीका बासिन्दा हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार ००:००  १ : १८ बजे