१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सरकारले बढायो लाइसेन्सको अवधि



झापा-सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्सको अवधि बढाएको छ । पाँच वर्षे अवधि बढाएर सरकारले १० वर्ष कायम गरेको हो ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित भएपछि सवारी चालक अनुमति पत्रको अवधि बढेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष थियो । सरकारले ऐनको दफा ५४ को उपदफा ३ संशोधन गरी अवधि बढाएको हो ।

लाइसेन्स नवीकरणबाट मान्य हुने अवधिसमेत अब १० वर्ष बनाइएको छ । यस अघि नवीकरण हुँदा मान्य हुने अवधि पनि पाँच वर्ष थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  ९ : ०७ बजे