१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सिटी रिक्सा चार्ज गर्दा करेन्ट लागेर दम्पतिको मृत्यु



जनकपुर-करेन्ट लागेर सप्तरीमा एक दम्पतिको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका २ पौवाटोलका ४५ वर्षीय बालेश्वर मण्डल र उनकी श्रीमती ३५ वर्षीया रामकुमारीको मृत्यु भएको हो ।

सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मण्डल दम्पतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शनिबार बिहान करिब ६ बजे दुवै जनाको करेन्ट लागेर मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार ००:००  १२ : १७ बजे