१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

बीपी स्मृति दिवसमा निःशुल्क आँखा शिविर



बिर्तामोड-नेपाली कांग्रेस बिर्तामोड वडा नम्बर ५ ले मंगलबार बीपी स्मृति दिवसको अवसर पारेर सिके चिन्तन स्मृति प्रतिष्ठानको सभाहलमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

कोइरालाको ४३ औँ स्मृति दिवसको अवसर पारेर वडा नम्बर ५ ले आँखा शिविर आयोजना गरेको हो । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको वडा उपसभापति सुष्मा भण्डारीले बताउनु भयो ।

शिविरमा ५०० भन्दाबढी सर्वसाधारणले सेवा लिएका छन् । संविधानसभा सदस्य सुधिरकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार ००:००  ९ : ३० बजे