१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

झापाको चारआलीबाट भुईकटरसहित बोलेरो बरामद



चारआली-झापाको मेचीनगर नगरपालिका-१३ स्थित चारआली चौकमा भ्याट छली गरिएको भुईकटरसहित बोलेरो पिकअप गाडी बरामद गरिएको छ ।

शनिबारराति ९ः३० बजेतिर इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले ट्राफिक पोष्ट अगाडिको सडकमा WB73E5775 नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो पिकअप नियन्त्रणमा लिएको हो ।

बेबारिस अवस्थामा भेटिएपछि चेकजाँच गर्दा गाडीको डालामा लुकाएर राखिएको करिब २,४०० के.जी. भुईकटर फेला पारेको छ । प्रहरीका अनुसार भुईकटर ल्याएको उक्त गाडीले कुनै वैधानिक कागजात प्रस्तुत नगरेको र सो सामग्री भन्सार छलि गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद गाडीको अनुमानित मूल्य १५ लाख रुपैयाँ र भुईकटरको मूल्य एक लाख २७ हजार ५८४ रुपैयाँ रहेको छ ।उक्त गाडी तथा सामग्री आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरी, सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार ००:००  ८ : ५६ बजे