१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

पूर्वका किसानले १९ करोड भन्दाबढी भुक्तानी पाउन बाँकी



विराटनगर-विराटनगर दुग्ध वितरण आयोजनाले दूध तथा दुग्धजन्य उत्पादनको बिक्री बढे पनि किसानलाई करिब साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

आयोजनाले गत पुस १५ सम्मको बक्यौता तिरेको भए पनि त्यसपछि २०८२ असार मसान्तसम्मको रकम अझै भुक्तानी गर्न बाँकी छ । अहिले मासिक एकपटक मात्र किस्ताबन्दीमा किसानलाई रकम दिइँदै आएको छ ।

निमित्त प्रमुख हिराबहादुर मगरका अनुसार आयोजनाले पूर्वका किसानबाट दैनिक १५ हजार लिटर दूध संकलन गर्दै आएको छ । बक्यौता तिर्न ढिलाई भएकाले दूध संकलनमै असर परेको उनले बताए।

हाल आयोजनामा १८१ मेट्रिक टन मक्खन र ११६ मेट्रिक टन पाउडर दूध मौज्दात छ । त्यसमा करिब १०० मेट्रिक टन मक्खन निजी गोदाममा मासिक ५ लाख रुपैयाँमा भाडामा राखिएको छ ।

निजी डेरीको तुलनामा महंगो मूल्यका कारण दुग्धजन्य सामग्रीको बिक्रीमा चुनौती देखिएको आयोजनाको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार ००:००  १ : २० बजे