८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

बिर्तामोडमा अपाङ्गता भएका २१६ जनालाई नयाँ कार्ड



बिर्तामोड-अपाङ्गता भएका व्यक्तिको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ ।

पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरिएको हो ।

रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरिएको छ । थप चार जना प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

अपाङ्गता परिचयपत्र गम्भीरताका आधारमा चार भागमा वर्गीकृत हुने गरेको छ । क वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ख वर्गमा पर्नेको लागि निलो, ग वर्गमा पर्नेको लागि पहेँलो र घ वर्गमा पर्नेको लागि सेतो रंगमा कार्ड वितरण हुने गर्दछ ।

करुणा फाउण्डेसनसंगको सहकार्यमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको अपाङ्ग‌ता रोकथाम तथा पुन: स्थापना कार्यक्रम अन्तर्गत यस शिविरमा दशैवटा वडामा गरी ७ सय ७२ जनाले सेवा लिएका छन् ।

शिविरमा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण गरिएको थियो । उनीहरुको स्वास्थ्य उपचार मात्र नभई शारीरिक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन गरिएको करुणा फाउण्डेसनले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार ००:००  ९ : ०९ बजे