५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

‘एमाले सरकारमा गएपछि उपभोक्ता समितिको नाममा बजेट खाने परम्परा अन्त्य’



महोत्तरी– नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस सरकारमा नेकपा एमाले सामेल भएपछि उपभोक्ता समितिको नाममा बजेट खाने परम्परा अन्त्य भएको बताउनुभएको छ ।

नेकपा एमाले महोत्तरीद्वारा रामगोपालपुरमा आयोजित वृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

महासचिव पोखरेलले अहिले मधेसमा एमाले सरकारको एउटा अंश मात्र भएको बताउँदै एमालेले नेतृत्व गर्ने हो भने मधेसका जनताको अपेक्षा अनुसार काम गरेर देखाउने दाबी गर्नुभयो ।

विगतमा मधेसमा एमाले आउन खोज्दा एमाले मधेस विरोधी पार्टी हो भन्ने भ्रम फिँजाइएको र केपी ओलीलाई मधेस विरोधी नेताको रूपमा चित्रित गर्ने प्रयास गरिएको उहाँले स्मरण गराउनुभयो ।

भारत सरकारले लामो समयसम्म काम नगरेर अलपत्र पारेको हुलाकी राजमार्ग केपी ओली प्रधानमन्त्री हुँदा बनाएको उहाँले बताउनुभयो ।

एसियाली विकास बैङ्कसँग सहायता लिएर पूर्वपश्चिम राजमार्गसँग तराइका सदरमुकामलाई जोड्ने र तराई मधेसका सबै सदरमुकाम आधुनिकीकरण गर्ने काम पनि नेकपा एमाले नेतृत्वकै सरकारले गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार ००:००  ८ : २२ बजे