८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मेची भन्सारबाट ११ अर्ब ४७ करोड रूपैयाँको मालवस्तु निर्यात



काँकडभिट्टा-चालु आर्थिक वर्षको पाँच महिनामा काँकडभिट्टा भन्सार नाकाबाट ११ अर्ब ४७ करोड चौरासी लाख रूपैयाँको वस्तु निर्यात भएको छ ।

नेपालमा उत्पादित कृषिजन्य वस्तु मेची भन्सार कार्यालय हुँदै भारतसहित तेस्रो मुलुकमा निर्यात भएको हो । पूर्वी पहाडका जिल्लामा उत्पादित अलैँची अम्लिसो लगायतका उत्पादन निर्यात भएका छन् ।

इलाम र झापामा उत्पादन भएको चिया पनि भारत लगायतका मुलुकमा निकासी भएको छ । मेची भन्सार नाकाबाट पाँच महिनामा १८ अर्ब ४३ करोड ८५ लाख रुपैयाँको मालवस्तु आयात भएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार ००:००  ९ : ३५ बजे