८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

सर्वसाधारणका लागि धरहरा खुला : एक सातामा उठ्यो १४ लाख



काठमाडौँ-एक सातामा धरहराबाट १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । मङ्सिर ९ गतेदेखि सरकारले सर्वसाधारणका लागि शुल्कसहित धरहरा खुला गरेको थियो ।

एक साताको यो अवधिमा हालसम्म करिब १० हजार जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्ष मुनिका बालबालिकाको तथ्याङ्क राखिएको छैन ।

धरहराका कायममुकायम आयोजना निर्देशक प्रकाश अर्यालले धरहरा चढ्न प्रति व्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको बताए । विद्यार्थी जेष्ठ नागरिक बालबालिका र अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ००:००  ८ : ०८ बजे