८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

शुक्रराज आधारभूत विद्यालयको भवन निर्माणका लागि चिनियाँ दूतावासको ५० लाख



बिर्तामोड-झापाको बिर्तामोड-८ स्थित शुक्रराज आधारभूत विद्यालयको भवन निर्माण हुने भएको छ । बिर्तामोड नगरपालिकाको अग्रसरता र सभामुख देवराज घिमिरेको पहलमा विद्यालयको भवन निर्माण हुन लागेको हो ।

नेकपा एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईका अनुसार भवन निर्माणका लागि चिनियाँ दूतावासले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । दूतावासमार्फत उपलब्ध हुने रकमबाट चार कोठाको भवन निर्माण हुनेछ ।

भवन निर्माणका विषयमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार वडा अध्यक्षसहित राखेर सरोकारवालासँग छलफल गरेकी छन् । छलफलबाट तीन महिनाभित्रमा भवन निर्माण सम्पन्न गर्ने सहमति जुटेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ००:००  ५ : ५२ बजे