काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मङ्गलबार काठमाडौँ ल्याइने भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई मङ्गलबार बिहान हवाईजहाजमार्फत काठमाडौँ ल्याइन लागेको हो । आइतबार मात्रै उनलाई कास्की जिल्ला अदालतले १५ दिनको म्याद थपेको थियो ।
सभापति लामिछाने कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।


















