बिर्तामोड-झापाको बाह्रदशी गाउँपालिका ५ मा शनिबार राति एक जनाको हत्या भएको छ । बाह्रदशीका ४५ वर्षीय गङ्गालाल माझीको हत्या भएको हो ।
रडले हानेर माझीको हत्या भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आपसी विवादका क्रममा माझी मारिएका हुन् । अस्पताल ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।
माझीलाई रडले हानेर मारेको अभियोगमा प्रहरीले स्थानीय मानपुर राजवंशीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















