हेटौँडा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनुपर्ने बताएका छन् । थाहा नगरको बज्रबाराहीमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले सांसदहरूलाई नभई विज्ञ समूहबाट मन्त्री बनाउनुपर्ने बताएका हुन् ।
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड छ । उनले प्राप्त अधिकार उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन हुन नदिने बताएका छन् ।


















