८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

चिया क्षेत्रमा ६० हजार श्रमिक कार्यरत : उद्योगको सङ्ख्या १६१ पुग्यो



झापा-निर्यातको प्रशस्त सम्भावना भएपछि चिया क्षेत्रमा लगानी बढ्दै गएको छ । एकपछि अर्को नयाँ उद्योग खुलिरहेका छन् । हाल चिया उद्योगको सङ्ख्या १६१ पुगेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

स्थापना भएका उद्योगले चिया प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएका छन् । नेपाली चियाको मुख्य बजार भारत हो । उत्पादनको ठूलो हिस्सा भारत निर्यात हुँदै आएको छ ।

नेपाली चिया उद्योगले धेरैलाई रोजगारी पनि दिइरहेको छ । विकास बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार चिया क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत छन् ।

अघिल्ला दुई आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने नेपालले चिया निर्यातबाट ठूलो परिमाणमा आम्दानी गरेको छ । २०७९-८० मा नेपालले चिया बिक्रीबाट ३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ००:००  ७ : २८ बजे