काठमाडौँ-नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
बीमा प्राधिकरणका अध्यक्ष सुरेश सिलवालले बिहिबार सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बाढी पहिरोका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र राहतका लागि विभिन्न संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दै आएका छन् ।


















