५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बाढी पहिरोका कारण पाँचथरका २१ वटा विद्यालयमा क्षति



पाँचथर-बाढी र पहिरोका कारण पाँचथर जिल्लाका २१ वटा विद्यालयमा क्षति भएको छ । असोज ११ र १२ गते आएको बाढीले ती विद्यालयमा क्षति गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सबेहाङले क्षतिग्रस्त २१ वटा विद्यालयमध्ये आठवटा उच्च जोखिममा रहेको बताए । उनका अनुसार ती विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था छैन ।

क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि समन्वय इकाई मार्फत प्रारम्भिक प्रयास थालिएको छ । यद्यपि, बजेटको सुनिश्चितता नभएका कारण समस्या भएको विद्यालयहरूले जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार ००:००  ८ : १६ बजे