बेलबारी-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल सरकार ढाल्ने सपना नदेख्न विपक्षी दललाई सुझाव दिएका छन् । नेता कोइरालाले सरकार ढल्ने कुनै सम्भावना नरहेको दोहोर्याएका हुन् ।
नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशनलाई मोरङको बेलबारीमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता कायम गर्ने गरी वर्तमान सरकार बनेको बताए ।
आगामी निर्वाचनसम्म कांग्रेस र एमाले गठबन्धनको सरकार कायम रहने जनाउँदै नेता कोइरालाले भने, ‘यो सरकार ढल्दैन, चल्छ यद्यपि, मन्त्रीहरुले इमान्दारीपूर्वक काम गर्नुपर्छ।’
कांग्रेस नेता कोइरालाले सत्तारुढ दलको बलमा मात्रै संविधान संशोधन नहुने जनाउँदै अन्य दललाई समेत विश्वासमा लिएर आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।


















