८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

अर्कैको नामबाट परीक्षा दिँदा तीनजना पक्राउ



विराटनगर-अर्कैको नामको परीक्षा लेखिदिएको अभियोगमा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-५ घर भएका विकल्प चौधरी, रामगञ्जका देवकृष्ण साह र सप्तरीको राजबिराजका सन्तोष गुप्ता छन् ।

स्ववियु सदस्य दीपक यादवको परीक्षा लेखिदिएको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो ।

मोरङका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरूले यादवको कोठामा बसेर उत्तर लेख्ने र उत्तरपुस्तिका क्याम्पससम्म पुर्‍याइदिने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ००:००  ८ : ५४ बजे