८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

इलाम नगरपालिकामा खाेरेत विरुद्धकाे अभियान : १५ हजार पशु चौपायालाई खोप लगाइने



इलाम-इलाम नगरपालिकाले पशु चौपायामा देखिएको खोरेत रोगविरुद्ध अभियान सुरु गरेको छ । आगामी तीन वर्षमा नगरपालिकालाई खोरेतमुक्त बनाउने उद्देश्य राखेर अभियान सुरु गरिएको हो ।

अभियान सञ्चालनका क्रममा १५ हजार गाई, भैंसी, गोरु र राँगालाई खाेरेत विरुद्धको खोप लगाइने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । उनका अनुसार सोमबारदेखि अभियान सुरु भएको हो ।

नगर प्रमुख केदार थापाले वडा नम्बर ६ का किसानको गोठबाट अभियान सुरु गरेका हुन् । पशुपालन व्यवसायमा किसानलाई प्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको नगर प्रमुख थापाले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  ११ : २२ बजे