झापा-प्रेस काउन्सिल नेपालले ५५ औँ वार्षिक उत्सवका अवसरमा झापाका दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । शनिबार विज्ञप्ति निकालेर काउन्सिलले पुरस्कृत हुने पत्रकारहरूको नाम सार्वजनिक गरेको हो ।
पुरस्कृत हुने झापाली पत्रकारमा अग्रज पत्रकार पुष्प बराल र युवा पत्रकार रमेश तिवारी रहेका छन् । पत्रकार बराललाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हाे ।
युवा पत्रकार तिवारीलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको छ । काउन्सिलको वार्षिक उत्सवका अवसरमा आइतबार काठमाडौँमा उनीहरुले पुरस्कार प्राप्त गर्नेछन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार तिवारी र बराललाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने प्रेस काउन्सिल नेपालले जनाएको छ ।


















