काठमाडौँ-संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई सर्वोच्च अदालतको प्रधान न्यायाधीशको लागि सिफारिस गरेको छ ।
सोमबार बसेको परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधान न्यायाधीशको लागि आठ जनाको नाम प्रस्ताव भएको थियो ।
परिषद्ले वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतको नाम सिफारिस गरेको हो । संसदीय समितिबाट अनुमोदित भए राउतले १८ महिना न्यायालयको नेतृत्व गर्नेछन् ।


















