५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

खाने तेल बोकेको ट्रक त्रिशुली नदीमा खस्यो



चितवन-खाने तेल बोकेको एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । नारायणगढ मुग्लिङ सडक खण्डको सिमल तालमा ट्रक दुर्घटना भएको हो ।

आइतबार बिहान नाछख ६२ ८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक थिए ।

यस अघि सोही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए । ट्रकसँगै चालक र सहचालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार ००:००  ८ : ३८ बजे