११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

केयर गिभरमा इजरायल जाने कामदारको छनोट प्रक्रिया तत्कालका लागि स्थगित



काठमाडौँ-सरकारले इजरायलको केयर गिभरमा जाने कामदारको छनोट प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। कामदारले पेश गरेको कागजात नक्कली फेला परेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट प्रक्रिया रोकेको हो ।

मन्त्रालयले दुई महिनाअघि इजरायलको केयर गिभरका लागि आवेदन माग गरेको थियो । ३०० भन्दा बढी कामदारले पेश गरेको कागजात नक्कली भेटिएपछि छनोट प्रक्रिया तत्कालका लागि स्थगित गरिएको मन्त्रालयका उपसचिव मेघनाथ रिमालले बताए ।

कामदारले पेश गरेका कागजात नक्कली फेला परेपछि श्रममन्त्री शरद सिंह भण्डारीले छानबिन समिति गठन गरेका थिए । गठित समितिले छानबिनको काम तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार ००:००  ११ : २९ बजे